६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु



file photo
अ+ अ-

काठमाडौं । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागले मिलेर असरमा आधारित पहिरो पूर्वसूचना प्रणालीको विकासले काम थालिसकेको छ । “यस वर्ष प्रयास सुरु गरौँ भनेर तीनै निकायको संयुक्त पहलमा नक्साङ्कन थालेका छौँ,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने । 

पोखरेलले पहिरो पूर्वानुमान त्यति सजिलो नभए पनि असम्भव नै भने नभएको बताए । त्यस क्रममा सबैभन्दा पहिले चितवनको कविलास र गोरखामा पहिरोको पूर्वानुमान गरिएको थियो । ती परियोजना अहिले बन्द छन् । देशव्यापी सञ्जालका रूपमा पहिरो पूर्वसूचना प्रणाली निर्माण गर्ने सुरुआतका क्रममा भूकम्पले थिलथिलो बनाएका १४ वटा जिल्लाका हरेक नगरपालिका र गाउँपालिकामा पहिरो जोखिम नक्साङ्कनको काम सकिएको पोखरेलले जानकारी दिए ।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।