१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षणविहीन, ९७ प्रतिशत आयातित

नेपालमा ९९ प्रतिशत सङ्क्रमित लक्षणविहीन, ९७ प्रतिशत आयातित
अ अ+ अ-

काठमाडौँ । नेपालमा ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका छन् । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् । नेपालमा १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा हालसम्म दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेको जनाएको छ । सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले लक्षण भएका सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा पनि कम रहेको खुलाउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १२ हजार सङ्क्रमितको परीक्षण प्रतिवेदन अध्ययन गरेको छ । डा। पाण्डेले अध्ययन गरिएको प्रतिवेदनमध्ये दशमलब पाँच प्रतिशत मात्रै लक्षण भएको बिरामी फेला परेको बताउनुभयो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा हालसम्म २५९ जना सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो । उहाँले काठमाडौंमा १७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँले काठमाडौँमा १७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो ।

काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन् । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशबाट आउनेलाई अनिवार्य आरटी पीसीआर परीक्षण गरेर विमानमा बस्न दिने निर्देशिका तयार गरियो तर काठमाडौँ विमानस्थलमा उत्रिदा आरडीटी मात्रै गरेको, कुनै परीक्षण नै नगरी कोरोनामुक्त भएको चिठीसहित आइपुगेको देख्यौँ ।”

सरकारी अग्रसरतामा करिब १७ हजार नेपाली विदेशबाट नेपाल आएका छन् । मन्त्रालयका अनुसार १७ हजार नेपाल फर्केकोमा ३५ प्रतिशत आगन्तुकले मात्रै आरटी पीसीआर परीक्षण गरी विमान चढेका छन् । अर्को ३५ प्रतिशत आरडीटी मात्रै गराएका छन् । त्रिभुवन विमानस्थलमा उत्रिदा लक्षण देखिएको र परीक्षण गर्दा सङ्क्रमण पाइएका व्यक्ति पनि फेला परेको डा.पाण्डेले बताउनुभयो । डा. पाण्डेले आगामी दिनमा विदेशबाट उद्धार गर्दा परीक्षणलाई अझै कडाइ गर्नुपर्ने सुझाव दिनुभयो ।

काठमाडौँसहित देशभरि समुदायमा कोरोना सङ्क्रमणको उपस्थिति नरहेको बताउनुभयो । डा. पाण्डेले समुदायमा कोरोना सङक्रमण नरहेको दाबीलाई केही प्रारम्भिक अध्ययनले पनि बल पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “८७ प्रतिशत सङ्क्रमित पुरुष छन्, समुदायमा फैलेको भए श्रीमतीसहित परिवारका अन्य सदस्यमा पनि सङक्रमण हुनुपर्थ्यो ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमै १३ स्थानबाट नमूना सङ्कलन गरेकोमा तीनकुने र नक्खीपोटका २६८ जनामध्ये एक जनामा पनि सङ्क्रमण पाइएको छैन । गोरखापत्रबाट