१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

परीक्षण गरिएजति सबैको पीसीआर कसरी पोजिटिभ ?

परीक्षण गरिएजति सबैको पीसीआर कसरी पोजिटिभ ?
अ अ+ अ-

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । २४ घण्टामा सबैभन्दा बढी ७ सय ४० जनामा संक्रमण पुष्टि भएको दिन गत शुक्रबार धनगढीको सेती प्रादेशिक अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशालामा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ देखिएको थियो ।

त्यही दिन ललितपुरको पाटन अस्पतालमा गरिएको २ सय ७ नमुना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुना परीक्षणमा सबै पोजिटिभ आएको थियो ।

विज्ञहरूका अनुसार हालसम्म मुलुकमा जति परीक्षण गर्‍यो, सबैमा पोजिटिभ आउने स्थिति छैन । तर प्रयोगशालामा सबै नमुना पोजिटिभ नतिजा आउँदा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खासै ध्यान दिएनन् । यस्तो ‘प्राविधिक त्रुटि’ बारे छानबिन पनि भएन ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार हालसम्मका परीक्षणमा अधिकतम १५ प्रतिशतसम्म मात्र पोजिटिभ आउने गरेको देखिएको छ । प्रयोगशालामा राखिएको किट सही तरिकाले प्रयोग नभएर सबै पोजिटिभ आएको हुन सक्ने स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएको छ । त्यस दिन संक्रमण नभएका व्यक्तिमा पोजिटिभ देखिएको हुन सक्छ । तर यो गम्भीर गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको छ ।

मन्त्रालय स्रोतका अनुसार इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत प्रयोगशालालाई यसबारे खोजबिन गर्न निर्देशन दिएको छ । इपिडिमियोलजीले पीसीआरको रिएजेन्टसमेत जाँच गर्न भनेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने पीसीआर परीक्षणको विश्वसनीयता संकटमा पर्न सक्ने भएकाले उच्च स्तरबाटै यो गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताए ।

प्रयोगशाला विशेषज्ञ एवं पोखरा विश्वविद्यालयका उपप्रध्यापक उमेशप्रसाद गुप्ताले कुनै एउटा ठाउँको नभई धेरै ठाउँबाट संकलन गरिएका सबै नमुना एकै पटक पोजिटिभ हुनै नसक्ने बताए । उनले भने, ‘एकै दिन हालिएका सबै नमुना पोजिटिभ देखिनुका तीनवटा कारण हुन सक्छन् । पहिलो कन्टामिनेसन (दूषित हुनु) हो । तर हालसम्म किट शतप्रतिशत कन्टामिनेसन हुने गरेको छैन । दोस्रो प्रोटोकलमा रहेको सिटिभ्यालु राम्ररी विश्लेषण गर्न नसक्दासमेत यस्तो हुन सक्छ । पीसीआर किटको लट नै खराब हुँदा पनि यस्तो नतिजा देख्न सकिन्छ ।’

गुप्ताले पीसीआर मेसिनमा एक हजार परीक्षणको नतिजा ‘स्टोर’ रहने भएकाले यसको वास्तविकता थाहा पाउन खासै समस्या हुँदैन । ‘यो धेरै संवेदनशील कुरा हो, सरकारले यसमा व्यापक छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यस्तो गलत रिपोर्टका कारण कतिपयले आइसोलेसनमा बस्नुपरेको समेत हुन सक्छ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले त्यस दिन पोजिटिभको मात्र रिपोर्टिङ भएको दाबी गरे । ‘कहिलेकाहीं त्यहाँबाट रिपोर्टिङ गर्ने क्रममा मिलाएर पठाउँछन् । कहिलेकाहीं पोजिटिभ नतिजाको मात्र रिपोर्टिङ गरिदिन्छन्,’ उनले भने, ‘कहिलेकाहीं अति उच्च जोखिमको नमुना संकलन गर्दा पोजिटिभ हुने सम्भावना बढी हुन्छ ।’

जनस्वास्थ्यविद् डा।समीरमणि दीक्षितले भने स्वास्थ्य मन्त्रालयले झूटो बोलिरहेको बताए । पीसीआर परीक्षणको नतिजामा देखिएको यस्तो अन्योल हुनु डरलाग्दो भएको उनको भनाइ छ ।

‘उहाँहरू सरासर झूटो बोलिराख्नुभएको छ,’ डा. दीक्षितले भने, ‘परीक्षणमा गडबड भएको आशंका छ ।’ उनका अनुसार किटमा गडबडी हुँदा वा चलाउने व्यक्तिले नजान्दा शतप्रतिशत पोजिटिभ रिपोर्ट आएको हुन सक्छ । ‘हरेक परीक्षण किटको फरक–फरक मापदण्ड हुुन्छ,’ डा। दीक्षितले भने, ‘हरेक किटको आफ्नो सिटिभ्यालु हुन्छ ।’

डा. बीसीका अनुसार सबैभन्दा बढी ७ सय ४० नमुनामा पोजिटिभ देखिएको दिन शुक्रबार सबैभन्दा बढी उच्च संक्रमण दर १६.४ प्रतिशत देखिएको थियो । ‘यो फल्स पोजिटिभ नतिजा आएर देखिएको हो ।’ उनका अनुसार सरकारले यो विषयमा व्यापक खोजबिन गर्नु आवश्यक छ । इपिडिमियोलजीका निर्देशक डा. वासुदेव पाण्डेले प्रत्येक प्रयोगशालाको प्रमाणीकरण आवश्यक रहेको बताए । उनले प्रयोगशालाहरूको नियमन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नुपर्नेमा पनि जोड दिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।