३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरबाट आठ जुवाडे पक्राउ



अ+ अ-

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय गम्भीर श्रेष्ठ,  वडा नं २ का ४५ वर्षीय सरस्वतीकुमार श्रेष्ठ , ४१ वर्षीय अनिलकुमार श्रेष्ठ, ४९ वर्षीय राजकुमार श्रेष्ठ, ४५ वर्षीय सूर्यकुमार श्रेष्ठ, ३५ वर्षीय पुष्प श्रेष्ठ र भारत कोलकाता घर भई हाल भरतपुर–२ बस्ने ३८ वर्षीय बप्पी खान रहेका छन् ।

उनीहरु विरुद्ध जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।