१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी ज्ञवालीको विदाइ गरिँदै, भोलिबाट थापाले कार्यभार सम्हाल्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतलाई आज विदाइ गरिँदै छ । ३० वर्षे सेवा अवधिका कारण आईजीपी ज्ञवालीसहित उनका ब्याची एआईजी तारिणीप्रसाद लम्साल र डीआईजी सूर्यप्रसाद उपाध्यायलाई विदाई गरिने भएको हो । 

०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।

महानिरीक्षक ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको छ । जहाँ विभागका अधिकृतहरु उपस्थित हुनेछन् ।

नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिनेछ ।