२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी ज्ञवालीको विदाइ गरिँदै, भोलिबाट थापाले कार्यभार सम्हाल्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतलाई आज विदाइ गरिँदै छ । ३० वर्षे सेवा अवधिका कारण आईजीपी ज्ञवालीसहित उनका ब्याची एआईजी तारिणीप्रसाद लम्साल र डीआईजी सूर्यप्रसाद उपाध्यायलाई विदाई गरिने भएको हो । 

०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।

महानिरीक्षक ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको छ । जहाँ विभागका अधिकृतहरु उपस्थित हुनेछन् ।

नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिनेछ ।