२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक स्थगित, शुक्रबार बस्ने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको हो। 

पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा मिलिनसकेकाले बैठक स्थगित गरेर अर्को बैठक असार २६ गते बिहान ११ बजेका लागि बोलाइएको छ।  नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद चुलिरहेका बेला पछिल्लो चार दिन यता अध्यक्षद्व ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेको छ। 

भेटमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने अडान राखिएका छन् भने ओलीले राजीनामाबाट अन्य विषयमा कुरा गर्न भनिरहेका छन्। प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा नदिने र  राजीनामा बाहेका विषयमा मात्रै छलफल हुन सक्ने बताउँदै आएका छन्। 

यसअघि बोलाइएका स्थायी कमिटी बैठक पनि दुई अध्यक्षबीचको छलफल जारी रहेको भन्दै स्थगित हुँदै आएको थियो।