काठमाडौँ । बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मंगलबार जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको बा ५च २२०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए ।
दुरघटनाबारे थप जानकारी आउन बाँकी छ ।










