११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाद्वारा ‘राष्ट्रिय एकता अभियान’ स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफ्नो ‘राष्ट्रिय एकता अभियान’ स्थगित गर्नुभएको छ । 

राप्रपाको अध्यक्षमा पराजित भएपछि उहाँले अलग्गै ‘एकता अभियान’ घोषणा गरेका थिए । 

पुस २७ गते (पृथ्वी जयन्ती)को अवसर पारेर थापाले अभियान सुरु गर्ने घोषणा गर्नुभएको थियो । 

तर, राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुले अहिलेका लागि अभियान रोक्न सुझाव दिएकाले सोहीअनुसार अभियान स्थगित गरिएको थापाले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ । 

उहाँले लेख्नुभएको छ,

पौष २७ शुरुगर्न लागिएको 'राष्ट्रिय एकता अभियान'  केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तिव्रगतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ