३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

यी प्रदेशमा आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह

यी प्रदेशमा आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह
अ+ अ-

काठमाडौं । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ ।

बिहिबार देखी आईतबारसम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिए ।

“मनसुन शुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ”, श्रेष्ठले भने। उनका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ ।

त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पुर्याइसकेको छ । मनसुनको शुरुआतमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ ।

यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनिसकेको छ । औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ । पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ । आगामी चार दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

भारी वर्षाबाट हुने सम्भावित जोखिमसमेतलाई आँकलन गरी यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को भाग (एक र दुई) प्रकाशित भइसकेको छ । उक्त कार्य योजनानुसार विपद्का समयमा सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

यी नदीमा बहाव बढ्नसक्ने

शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको पोखरेलले बताए । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।

प्राधिकरणले यी चार प्रदेशका अलावा प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।

नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ ।

यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

एक जना जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेलपहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । पानीको स्रोतको व्यवस्थापन नभएको र परेको पानी बग्ने बाटो नष्ट भएकाले जथाभावी रुपमा क्षति पु¥याउनसक्ने हुँदा थप सचेत बन्नुपर्ने उहाँको सुझाव छ । पर्वत र बझाङमा जङ्गलबाट खसेको पहिरो त्यसको एउटा उदाहरण हो ।

विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पुर्याउनसक्ने भएकाले थप जोखिम बढेको बताउनुभयो । उहाँले आवश्यक समन्वयमा क्षति र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।