९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’
अ अ+ अ-

धरान । धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आउनुभएको छ ।

बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ ।”

रुद्राक्षका सामग्री बनाउन उहाँले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गर्नुभएको छ । उहाँका अनुसार, मासिक रु २० हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको छ । सबै खर्च कटाएर यति आम्दानी हुन्छ अहिलेसम्म घर खर्च चलाउन पुगेको छ । उहाँले भन्नुभयो, “आफूलाई मन परेको केही सामान किन्न परे पनि यही आम्दानीले चलायमान रहन्छ । दैनिक १–२ मात्र सामान बिक्री भए पनि घर खर्च टार्न पुग्ने अनि पैसा पनि हातमा आउँछ । थोरै भए पनि नियमित आम्दानी हुन्छ, यहीमा सन्तुष्टि पाएको छु ।”

व्यवसायी लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौँ, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन् । बिक्रीका लागि यी ठाउँमा बढी जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीहरूले विशेष गरी रुद्राक्षका झोला बढी रुचाउनुहुन्छ ।”

ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उहाँले रु २० देखि रु ५० सम्ममा माला, ढाकी रु ३०० देखि रु ५०० र रु एक हजार ५०० देखि रु तीन हजारसम्ममा झोला, साथै रु पाँच हजारदेखि रु पाँच हजार ५०० सम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ढाकी मात्रै पाँचदेखि सात वटासम्म बिक्री हुने गर्छ ।
उहाँले भन्नुभयो, “अरुबेला सामान्य व्यापार भए पनि साउन महिनामा एक महिनासम्म लाग्ने बोलबम मेलामा व्यापार झनै राम्रो हुने गरेकोे छ । ” उहाँले तीन जना कामदार राखेर सामग्री उत्पादन गर्नु हुन्छ भने अहिले एक जना कर्मचारी राखेर रुद्राक्षका सामग्री बनाएर बिक्री गर्दै आउनुभएको बताउनुभयो ।

रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले उहाँ धनकुटा, भोजपुरजस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्ने गर्नुभएको छ । एक बोटको मूल्य रु एक लाखदेखि एक लाख ५० हजारसम्म पर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा समस्या हुँदैन, अर्डर राम्रै आउने गर्छ सामान बनाउनसके बिक्री पनि राम्रो हुन्छ ।”

व्यवसायी लामिछानेका अनुसार, रुद्राक्ष विशेषगरी हरियो पात भएका, लामा हाँगाहरूमा सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्ने गर्छ । उहाँले भन्नुभयो, “सामान्यतया एक देखि १४ मुखीसम्मका रुद्राक्ष सजिलै पाइन्छन् । एकमुखी तथा नौदेखि १४ मुखीसम्मका रुद्राक्ष भने निकै दुर्लभ मानिन्छन् । धार्मिक दृष्टिले महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष पहाडी गाउँघरमा ‘दाना’ नामले चिनिन्छ ।” रासस