६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर अभियानकै रुपमा स्वयंसेवक खटाउँछौँः कार्यकारी निर्देशक भट्ट



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताउनुभएको छ ।

आईतवार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अभियानकै रुपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्युनिकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गर्नुभयो । उहाँले विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरेमात्रै सफलता प्राप्त हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दा पहिला हामी स्वयंसेवक गठन गर्न र यो काम हामीले गरेका थिएनौँ । यो नयाँ काम हामीले गरिरहेका छौँ । विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुन्छ । विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ विपद्को बेलामा काम गर्ने जनशक्ति ट्रेन भएन भने रेस्क्यु गर्न जाने मान्छे खतरामा पर्छ । त्यसैले स्वयंसेवक डेभलप गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको शुरुवात गर्न खोजेका छाँै । ललितपुरबाट हामी यो शुरु गर्दैछौँ भने विस्तारै हामी सबै पालिकामा पु¥याउले लक्ष्य छ । हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा लिएर गइरहेका छौँ ।’

उहाँले ललितपुर महानगरलालिकाबाट शुरु भएको स्वयंसेवक परिचालन आधारभुत तालिमलाई सबै पालिका स्तरमा पु¥याइने बताउनु भयो ।