काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लाग्नेक्रम रोकिएको छैन । बुधबार ६ सयले उकालो सुनको मुल्य बिहाबार पनि उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य बिहिबार ९ सय रुपैयाँ बढेर ९२ हजार ४ सयमा कारोबार भइरहेको जनाएको छ ।
यस्तै तेजावी सुनबुधबार तोलामा ६ सय रुपैया बढेर ९१ हजार ६० मा कारोबार भएको थियो भने बिहिबार तोलामा ९ सय ५ रुपैया बढेर ९१ हजार ९ सय ६५ मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी तोलामा २५ रुपैया बढेर ९८० रुपैयाँमा कारोबार भएको छ ।