२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक जान लागेका सभामुख धुलिखेलको आकाशबाटै फर्किए



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।  

विहीबार बिहान सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको अवलोकनका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण काठमाडौं फर्किएको हो । 

सभामुखको सचिवालयका अनुसार खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको गरिएको हो । 

सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।