९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा साढे २६ हजार कोरोना संक्रमित थपिए



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा साढे २६ हजार जनामा कोरोना भाइरस देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका २६ हजार ५०६ नयाँ संक्रमित थपिएका हुन् । यो एकैदिनमा थपिएका सबैभन्दा कोरोना संक्रमितको संख्या हो ।

यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ९३ हजार ८०२ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कारण ४७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ३० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार ६६७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि कोरोना भाइरसका एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २५८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ३२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८६२ जनाको मृत्यु भएको छ । 
अहिलेसम्म कोरोना भाइरसका चार लाख ९५ हजार ५१६ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।