२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वतयारी र सूचना प्रवाहले जनधनको सुरक्षामा निर्णायक भूमिका खेल्छ : ऊर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आज आयोजित ‘राष्ट्रिय मौसम फोरम–२०८२’ को उद्घाटन उहाँले जलवायु परिवर्तनका कारण मौसम चुनौती थप जटिल बन्दै गएकाले अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताउनुभयो ।

“पूर्व अनुमान र उचित सन्देश समयमै प्रवाह गर्न सकेमा ठूलो जनधनको सुरक्षा हुन्छ, केवल नीति निर्माण मात्र होइन, संरक्षण, उत्पत्ति र उपयोग सबै पक्षमा पूर्व तयारी आवश्यक छ,” उहाँले भन्नुभयो । मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनाको स्मरण गर्दै पूर्वानुमान र समयमै सूचना प्रवाह गर्न सकेको भए विद्यार्थीहरूको ज्यान जोगिन सक्ने बताउनुभयो ।

हिमाल आरोहणमा गएका पर्यटक समयमै सूचना नपाएर अकालमा ज्यान गुमाउनु परेका घटनालाई उदाहरण दिँदै उहाँले यस्ता त्रासदी दोहोरिन नदिन प्रभावकारी पूर्वानुमान प्रणाली र सूचना सम्प्रेषणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

विपद् व्यवस्थापनमा सबैभन्दा छिटो प्रतिक्रिया स्थानीय तहको वडा कार्यालयबाट हुने भएकाले मौसमसम्बन्धी सूचना वडास्तरसम्म पुर्‍याउनु जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले जल तथा मौसम विज्ञान विभागलाई सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

विभागका महानिर्देशक कमलराम जोशीले आगामी दिनमा अझ वैज्ञानिक र सहभागीपूर्वक तयारी अघि बढाइने बताउनुभयो । कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलगायतको सहभागिता रहेको थियो । रासस




भर्खरै