११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल

उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल
अ अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आयोजित गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरिएको बताउनु भयो । उहाँले । हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक रहेको उल्लेख गर्नुभयो । हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । पकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय  गरिरहेको र केही कार्यहरु अघि बढेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनु आवश्यक छ । सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाईहरुमा आधारभुत उपयोग सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिनका लागि यसै आर्थिक वर्षदेखि हामीले नयाँ योजना शुरु गरेका छौँ । हाल उपलब्ध केही उपकरणहरु पुराना भएकाले तिनको सुरक्षा परीक्षण, मर्मतको आवश्यक छ । हाल ६० फिट गहिराईसम्मको तालिम सञ्चालन भइरहेको छ र थप उन्नत तालिम तथा आधुनिक उपकरणमार्फत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । हामीले उपकरणहरुको मर्मतसम्भार र नयाँ खरिदको लागि आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयसँग समन्वय  गरिरहेका छौँ । केही कार्यहरु अघि बढेका पनि छन् ।’

महानिरीक्षक अर्यालले गोताखोर लगायत उच्च जोखिमका उद्धारमा खटिनेहरुलाई प्रोत्साहनस्वरुप सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतका बाबजुद विभिन्न कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताउनु भयो ।