काठमाडौं । नेपालमा थप एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ । केएमसी अस्पताल सिनामंगलमा उपचाररत काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको मृत्यु भएको हो ।
अस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती पुरुषमा अन्य स्वास्थ्य समस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।