१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

सगरमाथा संवादले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गरायोः सांसद न्यौपाने

सगरमाथा संवादले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गरायोः सांसद न्यौपाने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले सगरमाथा संवादले जलवायु परिवर्तन र त्यसले नेपालमा पारेका असरबारे संसारले सुन्नेगरी ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यसअघि पनि विश्वसामु जलवायु परिवर्तनकाका कारण भोग्नुपरेका समस्याहरु विश्वले सुन्नेगरि सगरमाथा संवादले गराएको दाबी गर्नुभएको हो ।

उहाँले सम्पन्न राष्ट्रहरुको हरित उर्जा गृहले ग्यास उत्सर्जन गरिरहेको र त्यसमा नेपालको भुमिका शून्य दशमलब शुन्य पाँच छ मात्र रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रकृतिमाथि हस्तक्षेप गरियो भने प्रकृतिले पनि हामीसँग बदला लिन्छ भन्दै प्रकृतिलाई अनुकुलमा लिएर सम्बन्ध बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । सगरमाथा संवादले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नुपरेको क्षति स्पष्टताका साथ विश्वसामु राखेकोले भोलि परिणाम पनि सगरमाथाझैं प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सगरमाथा संवादमा धेरै कुरा उठे । हामीले अन्तर्राष्ट्रियस्तरमा धेरै पटक हाम्रो देशको प्रतिनिधित्व गरेर जलवायु परिवर्तन र त्यसले पारेका असरहरुबारे संसारले सुन्नेगरि ध्यानाकर्षण गराएकै थियौं । नेपालले त्यसबाट भोग्नुपरेका समस्याहरु जानकारी गराएकै थियौं । तर, अहिले हामीले हाम्रै देशमा विदेशका समेत प्रतिनिधित्व गराएर जसरी सगरमाथा संवाद सम्पन्न ग¥यौं । आज जसरी जलवायु परिवर्तनका असरहरु हामीले भोगिरहेका छौं । भविष्यमा भोग्नुपर्ने कुरा आज नै हामीले भोगिरहेका छौं । हिमतालहरु फुटीरहेका छन् धेरै खालका असरहरु हामीले व्यहोरिरहेका छौं । ती असरहरु हाम्रै कारणले हो त ? हाम्रो कारणले हैन हामीले अझ कार्वन उत्सर्जनमा ०.०५६ मात्र नेपालको भुमिका रहेको छ । तर, आज सम्पन्न राष्ट्रहरुले हरित गृह ग्यास उत्सर्जन गरिरहेका छन् त्यसकारण हामीले त्यसको क्षति व्यहोर्नुपरेको छ । यसतर्फ संसारले सुन्नेगरि राखिएको छ ।’

‘त्यसैलेगर्दा फेरिपनि आज जसरी सगरमाथा संवाद भनेर नाम दिइएको छ । भोलि यसबाट परिणाम पनि सगरमाथा झैं प्राप्त गर्नेछौं भन्ने विश्वास गर्दछु । जलवायु परिवर्तनका असर न्यूनीकरणमा विश्वसँग हामीले सहयोग प्राप्त गर्नु नै सगरमाथा संवादको मूल उद्देश्य हो । अब नीतिहरुमा पनि स्पष्टता चाहिएको छ त्यसकारण तीनै तहको सरकारको सहकार्य र समन्वयको आवश्यकता छ । हामीले गर्ने के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी स्पष्ट हुनुपर्छ । त्यसका लागि अस्पष्ट कानुनको परिमार्जन गरि सोही अनुरुप कानुन बनाउनुपर्छ । प्रकृतिमाथि हामीले हस्तक्षेप ग¥यौं भने प्रकृतिले पनि हामीसँग बदला लिन्छ । त्यसैले प्रकृति र मानवजातीको सम्बन्ध भनेको प्रकृतिलाई अनुकुलनमा लिएर सम्बन्ध बनाएर अघि बढ्ने हो त्यो कुरा हामीले पनि ध्यान दिनुपर्छ । तमाम समस्या न्युनिकरणमा आउने बजेटले स्थान पाउनेछ भन्नेमा विश्वास गर्न सकिन्छ ।’

उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सोहीअनुरुप कानुन बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आगामी बजेटमासमेत स्थान पाउने विश्वास व्यक्त गर्नुभयो ।