२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराउनुभएको हो ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।