११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी



default
अ+ अ-

तनहुँ। नदीमा पानीको प्रवाह बढ्न नसक्दा यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत उत्पादन गर्न सकेको छैन । ६९ मेगावाट क्षमताको यस जलविद्युत केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ ।

हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो ।

“हाल ५० देखि ५५ मेगावाट उत्पादन हुनुपर्नेमा नदीमा पानीको प्रवाह कम भएकाले उत्पादनमा वृद्वि हुन सकेको छैन्,” गौतमले भन्नुभयो, “यसपटक पानी कम परेकाले विद्युत् उत्पादन प्रभावित भएको छ ।”

केन्द्रमा २३÷२३ मेगावाटका तीनवटा टर्बाइन छन् । यो केन्द्र सन् १९८९ मा निर्माण भएको हो । यहाँबाट उत्पादित विद्युत्् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुँदै आएको छ । रासस