२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुले बन्द भएका भारतीय च्यानल



अ+ अ-

काठमाडौं । केवल अपरेटरहरूले भारतिय च्यानल चलाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।

केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको शर्माले जानकारी दिए।

‘हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ, भारतका समाचार हेर्ने पनि हुनुहुन्छ। त्यसकारण हामीले केही च्यानलबाहेक अरूको प्रसारण खोलेका हौं’, उनले भने।

हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको उनले बताए।