कार्यक्रममा एमालेका पूर्व नेता रमेश श्रेष्ठ, इनरुवाका पूर्व उपमेयर माधव पोखरेलसहित दर्जनौं कार्यकर्ता राप्रपा नेपाल प्रवेश गरेका थिए। थापा हाल आन्दोलन तयारीका लागि जिल्ला दौडाहामा छन्।
इनरुवा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गते काठमाडौंमा सुरु हुने आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने बताएका छन्।
सुनसरीको इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आन्दोलनबारे अनावश्यक भ्रम फैलाउन खोजिएको उल्लेख गरे। उनले संविधानको धारा २७४ ले गणतन्त्रको विकल्प खोज्ने अधिकार दिएको स्पष्ट पार्दै, आन्दोलन राष्ट्रवादी र जनहितमा आधारित रहेको बताए।








