११ श्रावण २०८३, सोमबार
,
Latest
दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिमाल जीवनशैलीका प्रमुख स्रोत हुन्, तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व हो’



अ+ अ-

काठमाडौँ। जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न  क्षेत्रका विज्ञले हिमाल हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व भएकामा  जोड दिएका छन् ।

सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरुले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकामा जोड दिएका हुन् ।

हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिनुभएको थियो ।

विश्ववन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले प्रमुख वक्तव्य दिनुभएको थियो भने अक्सफामका नदी बेसिन प्रबन्धक राजन सुवेदी, ओमानका सगरमाथा आरोही नाधिरा अल–हार्थी, युगान्डाको जल तथा वातावरण मन्त्रालयका सहायक आयुक्त मौरीन अनिनो, सगरमाथा प्रदूषण नियन्त्रण समिति प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले आफ्ना अनुभव र विज्ञतासहित धारणा व्यक्त गर्नुभएको थियो ।

हिमाली क्षेत्रले पृथ्वीको २२ प्रतिशत भाग ओगटेको छ । हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीले विश्वका करिब आधा जनसङ्ख्याको जीविकोपार्जनमा सहयोग गर्दै आएको जनाइएको छ ।  हिन्दूकुश हिमालय क्षेत्र, यसको अद्वितीय र विविध संस्कृति, भाषा, धर्म, विश्वास, एक हजारभन्दा बढी भाषाहरू र परम्परागत ज्ञान प्रणालीले वार्षिक रूपमा सात करोडभन्दा बढी पर्यटकलाई आकर्षित गर्दछ ।

हिमाली पारिस्थितिकीय प्रणालीको अखण्डतालाई सुदृढ गर्ने नवीन समाधान पहिचान गर्ने, धेरै जनसङ्ख्यालाई लाभ पुर्या उन प्राकृतिक पुँजीमा लगानी बढाउने तरिकाहरू अन्वेषण गर्ने उद्देश्यसहित यो सत्र सञ्चालन गरिएको थियो । रासस