२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दैछः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताउनुभएको छ । काठमाडौँमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा उहाँले भन्नुभयो “जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको छ ।”

सो विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो ।

यही सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको स्पष्ट गर्दै मन्त्री डा राणाले भन्नुभयो ‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित छ । यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदान मार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्दछ ।

उहाँले संवादले प्रतिबिम्ब र आत्मनिरीक्षणको लागि अवसर प्रदान गर्दछ भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरुको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री डा राणाले इमानदार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्न सक्ने भएकाले समयमै सबैले सोच्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालले भने यसको संकट सबैभन्दा बढी मात्रामा झेल्नुपरिरहेका दृष्टान्त पेश गर्नुभयो । मन्त्री डा राणाले भन्नुभयो “हाम्रा नदी, वन र पहाडहरूको संरक्षकको रूपमा हामी कार्यरत छौँ, तर पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न हामी बाध्य भएका छौं । यो गम्भीर अन्याय हो र यसलाई तुरुन्तै सम्बोधन गरिनुपर्छ, नत्र ढिलो हुनेछ ।

त्यसैले आजदेखि आगामी तीन दिनमा हामीले आफैंलाई जलवायु संकटको अस्तित्वगत खतरालाई कसरी सम्बोधन गर्ने, यस पृथ्वी र ब्राह्मणको स्वास्थ्य अवस्थाको पुनस्र्थापित गर्ने र यसमा बस्ने मानिसहरूको कल्याण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सोध्नेछौँ भन्नुभयो ।

मन्त्री डा राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरु भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति बनाएको बताउनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो “पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ भन्ने सोचले सबैले पृथ्वी र प्रकृतिलाई माया गर्ने र कुनै क्षति नपुर्याउने गरी काम गर्न सकिएमा सबैको भलो हुने र जलवायु परिवर्तनको प्रभाव पनि कम हुनेछ । यसबाट हामीले हाम्रा पूर्खाको सम्पत्ति भोलिको पुस्तालाई हस्तान्तरण गर्न सक्नेछौँ ।”

विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरूको असर कम गर्न हाम्रो क्षमता र स्रोत धेरै कम रहेकोले राष्ट्रिय र स्थानीय अनुकूलन योजनाहरू कार्यान्वयन गर्न नेपाललाई स्रोत आवश्यक परेको बताउनुभयो । त्यसैले नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको वकालत गर्न निरन्तर अग्रपंक्तिमा रहेको पनि स्पष्ट गर्नुभयो ।

विश्वले नेपाल जस्ता देशहरूको जोखिमलाई स्वीकार गर्नुपर्ने र जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो “मलाई आशा छ कि यो मञ्च जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति, बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र विपद् जोखिमजस्ता समस्याको समाधानमा एक अवसर हुनेछ ।”




भर्खरै