१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
अ अ+ अ-

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ ।

भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो स्थान देश विदेशमा परिचित बन्न नसकेको स्थानीयबासी अनिल राईले बताउनुभयो । यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताको आकृति देख्न सकिने उहाँको भनाइ छ ।त्योसँगै यो स्थल अवलोकनको क्रममा विभिन्न आश्चर्यजनक ठाउँहरुसमेत हेर्न सकिने उहाँले जानकारी दिनुभयो ।“चुलाचुली गुफा हेर्दा नै आश्चर्यजनक स्थल देखिन्छ”उहाँले भन्नुभयो,“ सायदै नेपालमा यस्ता ठाउँ कमै होलान् । यहाँका ढुङ्गामा प्राकृतिक रुपमा कुदिएका विभिन्न देवी देवताको आकृति देख्न सकिन्छ । ढुङ्गाहरुमा मादलको झै आवाज आउछ । यहाँ दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वास पनि छ । तर यो स्थान ओझेलमा परेको अवस्था छ ।”

डाँडामा रहेको यो स्थानको करिव दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गाहरु खोलाका बगर झै कुदिएका छन् । गुफा भित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तीसँगै, हात्ती जस्तो सुडो, गाईको थुन, नाँगको चित्रलगायतको आकृति रहेको स्थानीयबासीको भनाइ छ । यहाँ राम नवमी, नयाँ वर्षलगायत विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयबासी विनोद राईले बताउनुभयो । “यो गुफा हेर्दा नै अनौठेको खालको छ”उहाँले भन्नुभयो,“स्थानीय सरकारले संरक्षणको काम गरिरहेको छ । २०७२ सालको भुकम्पको कारण गुफामा पस्ने बाटो केहि ठाउँमा टालिएको छ । भित्र पस्नको लागि बत्ती जडान गर्नु पर्ने अवश्यकता छ । यो ठाउँलाई सानो हलेसीको रुपमा पनि लिने गरिन्छ ।”

वडाको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसको संरक्षणको काम भईरहेको वडाध्यक्ष बाबुकुमार राईले बताउनुभयो । यहाँ मन्दिर निर्माण, घेराबारा, शौचालय तथा विश्राम स्थल निर्माणको काम गरिएको उहाँले जानकारी दिनुभयो । “यो हाम्रो वडाको निकै महत्वपूर्ण धार्मिक स्थल हो”वडाध्यक्ष राईले भन्नुभयो,“हामीले आफ्नो तहबाट संरक्षणको काम गरिरहेका छौँ । खास गरेर यो स्थान प्रचार प्रसारको अभावमा ओझेलमा परेको अवस्था छ ।”

नेपाल जलबायु अनुकुलन नमूना कार्यक्रम अन्तर्गत यहाँ संरक्षण तथा विभिन्न संरचना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । यो वर्ष सो कार्यक्रमबाट रु।दश लाख लागतमा संरक्षणको काम भइरहेको उहाँको भनाइ छ । यो क्षेत्रको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन९डीपिआर० तयार गरेर आवश्यक काम गरिरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “यो क्षेत्र प्रचार प्रचार अभावमा ओझेलमा परेको छ”अध्यक्ष राईले भन्नुभयो,“यहाँको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नै विकासका काम गर्दै आएका छौँ । यो ठाउँलाई गाउँपालिकाको आर्थिक श्रोतको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको अवस्था छ ।” गुरु योजना बनाएर नै गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले काम गरिरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।