२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियन निर्वाचनमा हिक्मत रावल बिजयी



अ+ अ-

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन ७३ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा तीन वटा ट्रेड युनियनले प्रतिस्पर्धा गरेका थिए। अखिल नेपाल होटल, व्यवसायी तथा रेस्टुरेन्ट मजदुर संघले ३० मत प्राप्त गरेको छ भने नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले ३३ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत बिबेक यादबका अनुसार कुल १४० मतदातामध्ये १३६ जनाले मतदान गरेका थिए।

नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन नेकपा एकिकृत समाजबादी (नेकपा एस)आवद्ध मजदुर संगठन हो । आजै चन्द्रागिरी पुग्नु भएका नेकपा एसका अध्यक्ष माधब कुमार नेपालले बिजयी टोलीलाई शुभकामना दिनु भएको छ ।