६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र आर्सनलले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु टोलि लिभरपुलले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो । तर, आर्सनलले दोस्रो हाफमा दुई गोल फर्कायो ।

२० औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । त्यसको एक मिनेट पछि नै अर्थात् २१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

यता, ४७ औं मिनेटमा गाब्रियल मार्टिनेली र ७० औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई २–२ को बराबरीमा ल्याउँदै हारबाट टारे । ७९ औं मिनेटमा मेरिनोले रातो कार्ड खान पुगे ।

यो नतिजासँगै शीर्षस्थानको लिभरपुलको ३६ खेलबाट ८३ अंक छ भने दोस्रो स्थानको आर्सनलको ६८ अंक छ । लिभरपुलले यसअघि नै लिग जितिसकेको छ ।