२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा



अ+ अ-

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभएको छ ।

हेटौँडामा आजदेखि सुरु भएको बागमती प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवा शक्तिलाई सीप र उद्यमशीलतासँग जोड्न सकिए मात्र मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले युवाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिनुभयो । युवा रोजगारीकै लागि विदेसिँदा मुलुकमा युवा जनशक्तिको अभाव बढ्दै गएको उल्लेख गर्दै उहाँले युवालाई स्वदेशमै रोजगारी सृजना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष सन्तोष चौलागार्इंले सरकार र युवालाई जोड्न परिषद्ले पुलको भूमिका निर्वाह गरिरहेको बताउनुहुँदै युवालाई बजेट निर्माण, कानुन निर्माण र अन्य सरकारी कार्यहरुमा समावेश गराउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रदेश सरकारले युवा सशक्तिकरणमा कानुन निर्माण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष  चौलागार्इंले युवाहरुलाई कृषि, शिक्षा, व्यवसायलगायत क्षेत्रमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने युवा सम्मेलनमा उद्यमशीलता, साइबर सुरक्षा चुनौती, दिगो विकास तथा जलवायु परिवर्तनमा युवाको भूमिका, रोजगार सिर्जना, कृषि, शिक्षा, सीप तथा नवप्रवर्तन, सम्पदा भ्रमणलगायतका विषयमा समूहगत छलफल गरिने बताइएको छ । रासस