२० मंसिर २०८२, शनिबार
,
Latest
नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वास्तुशास्त्र अनुसार घरमा कुन बिरुवा रोप्नुपर्छ र कुन रोप्नु हुँदैन ?



अ+ अ-

एजेन्सी । रूख बिरुवा रोप्दा घरको सजावट मात्र बढ्दैन, घरमा सकारात्मकता पनि बढ्छ । तर तपाईंले वास्तु नियमहरूलाई ध्यानमा राख्नुभयो भने मात्र यसको फाइदा प्राप्त गर्न सक्नुहुन्छ ।

वास्तु अनुसार केही बोटबिरुवा शुभ मानिन्छन् भने केही बोटबिरुवा अशुभ पनि मानिन्छन् ।

यी बिरुवा लगाउपर्छ
तुलसीको बोट लगभग हरेक हिन्दू परिवारमा पाइन्छ । यो वनस्पति धार्मिक दृष्टिकोणबाट मात्र होइन, वास्तु दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ । वास्तुशास्त्रको नियम अनुसार तुलसीको बोट सधैं घरको पूर्व दिशामा रोप्नुपर्छ । यसलाई गल्तिले पनि घरको दक्षिण दिशामा नराख्नुहोस्, नत्र यसले नकारात्मक परिणाम दिन सक्छ ।

वास्तुशास्त्रमा मनी प्लान्टलाई पनि धेरै महत्त्वपूर्ण मानिन्छ । यो बोटलाई धन, समृद्धि र खुशीको प्रतीक मानिन्छ । यस्तो अवस्थामा, वास्तु अनुसार, तपाईंले यसलाई घरको दक्षिण–पूर्व कुनामा अर्थात् दक्षिण–पूर्व दिशामा राख्न सक्नुहुन्छ । यसो गर्नाले व्यक्तिले आर्थिक लाभ प्राप्त गर्न सक्छ ।

वास्तुको दृष्टिकोणबाट, स्नेक प्लान्टलाई पनि धेरै शुभ मानिन्छ । यो बोटले घरको हावा शुद्ध पार्ने र नकारात्मकतालाई टाढा राख्ने काम पनि गर्छ । यो बिरुवा राख्नको लागि घरको दक्षिण, पूर्व र दक्षिण–पूर्व दिशालाई सही मानिन्छ । यसो गर्नाले जीवनमा आउने समस्याहरू समाधान हुन सक्छन् ।

गल्तिले पनि यी बिरुवाहरू नरोप्नुहोस्
वास्तुशास्त्रमा घर भित्र काँडेदार बिरुवा रोप्नु शुभ मानिएको छैन । यस्तो बिरुवा रोप्दा घरमा नकारात्मक ऊर्जा बढ्न सक्छ । यसका साथै वास्तुशास्त्रका अनुसार घरमा दूध जस्तो पदार्थ निस्कने बिरुवा रोप्नु शुभ मानिँदैन । यसले परिवारमा धेरै प्रकारका समस्याहरू पनि निम्त्याउन सक्छ ।