२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ‘एल क्लासिको’ भिडन्त



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत आज प्रतिक्षित खेल हुँदैछ ।

अंकतालिकामा शीर्ष स्थानमा रहेको टोलि र दोस्रो स्थानमा रहेको टोलिबीचको भिडन्त मात्रै नभई यो खेल दुई प्रतिष्ठित र सफल क्लबबीचको भिडन्त हो ।

बार्सिलोना र रियल मड्रिडबीचको भिडन्तलाई ‘एल क्लासिको’ भनिन्छ । नेपाली समयानुसार राति ८ बजे यी दुई टोलिबीच प्रतिस्पर्धा हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।

यसअघि अक्टोबर २७ मा भएको खेलमा बार्सिलोनाले रियललाई उसकै घरेलु मैदानमा ४–० गोलले हराएको थियो ।

अंकतालिकामा शीर्षस्थानमा रहेको बार्सिलोनाको ३४ खेलबाट ७९ अंक छ । यस्तै, दोस्रो स्थानमा रहेको रियलको ७५ अंक छ ।

आज बार्सिलोनाले जितेमा उसले अंकदुरी बढाउनेछ भने रियलले घटाउने छ । सिजनको अन्तिमतिर आइसक्दा दुबै टोलिलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ ।

 




भर्खरै