१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मुद्दा व्यवस्थापन पद्धतिः मुद्दा दर्ता भएकै दिन फैसलाको मिति



अ+ अ-

काठमाडौँ । देशभरका जिल्ला अदालतमा मुद्दा दर्ता भएकै दिन सुनुवाइको समय तालिकासहित फैसला हुने सम्भावित मितिसमेत तोकिने व्यवस्था सुरु गरिएको छ । सर्वोच्च अदालतले बिहीबारदेखि नयाँ मुद्दा व्यवस्थापन पद्धति लागू गर्दै मुद्दाको स्वरूप र अवस्था हेरी दर्ता भएकै दिन सुनुवाइको समय र फैसला हुने सम्भावित मितिसमेत तय गरिने बताएको हो ।

‘देशव्यापी रूपमा सबै न्यायालयमा यो पद्धति लागू गर्ने योजना हो, हाललाई भने सबै जिल्ला अदालतमा साउन १ देखि सुरु गरिएको छ,’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘भदौ १ देखि सबै उच्च अदालतमा पनि सुरु हुनेछ ।’ नयाँ पद्धतिअनुसार दर्ता हुने मुद्दालाई सरल, सामान्य र विशेष भनी तीन श्रेणीमा वर्गीकरण गरिनेछ ।

सरल मुद्दा ६ महिनाभित्र फैसला हुनेछ भने सामान्यलाई १२ महिना र विशेषलाई १८ महिना लाग्नेछ । कुन मुद्दा कस्तो श्रेणीमा पर्ने भन्ने स्वचालित ‘सफ्टवेयर’ विकास गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । हालको योजनाअनुसार २०८० साउन १ बाट मात्रै सर्वोच्चमा पनि यो पद्धति लागू गर्ने तयारी छ । विशेष अदालतमा पनि तत्काल लागू हुने छैन ।

गत असार १० मा सर्वोच्च अदालतको पूर्ण बैठकले मुद्दाको फरक व्यवस्थापन पद्धति (डीएमएस) लागू गर्ने निर्णय गरेको थियो । सर्वोच्चमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश, न्यायाधीश र न्याय प्रशासनका उच्च पदस्थ कर्मचारीले एकमुष्ट रूपमा सबै जिल्ला अदालतमा भर्चुअल माध्यमबाट नयाँ पद्धतिको सुरुवात गरे । कान्तिपुर दैनिक