१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदका समितिहरूबीच अस्वस्थ प्रतिस्पर्धा हटाउन समझदारी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षले दुबै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन् । 

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुबै सदनका सभापतिहरुसँग समितिका काम कारवाही, समस्या, समाधानका उपाय, समन्वय र क्षेत्राधिकार लगायतका विषयमा छलफल गरेका हुन् ।

छलफलमा सभापतिहरुले समितिहरुबीच समन्वयको अभाव भएको, कोरोनाका कारण बैठक सञ्चालनका लागि समस्या भएको बताएका छन् । दुबै सदनका गरी १६ वटा समिति भएका कारण भौतिक दुरी कायम गरी बैठक सञ्चालन गर्न हलको अभाव भएको, उपकरण अभाव भएको, प्राविधिक सामग्रीको अभाव भएको लगायतका समस्या सभापतिहरुले सुनाएको सभामुख अग्नि प्रसाद सापकोटाले बताउनुभयो । आवश्यक प्राविधिक उपकरण परिपूर्ति गरी समस्या समाधान गर्न समितिका सभापतिहरुले आग्रह गरेका छन् ।

कार्यक्षेत्र जोडिएका समितिहरुबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको छ । त्यस्ता समितिहरुका सन्दर्भमा आवश्यक कुन समिति हो त्यसको बारेमा थप छलफल गरी निर्णय गर्ने समझदारी पनि बनेको उहाँले बताउनुभयो ।

कार्यक्षेत्र जोडिएका समितिहरुले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने विषयमा पनि समझदारी भएको उहाँले बताउनुभयो ।




भर्खरै