२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका प्रजिअसँग संवाद



अ+ अ-

सुर्खेत। वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँका दश जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग संवाद गर्नुभएको छ ।

उहाँले भर्चुअल माध्यमबाट मनसुनजन्य विपद् र आगलागका घटना, पुनर्निर्माण, पुर्नस्थापना तथा प्रवलीकरणका विषयमा संवाद गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कँडेलले जिल्लागत वस्तुस्थितिबारे जानकारी लिँदै प्रदेश सरकारबाट गर्नुपर्ने व्यवस्थापनका विषयमा समेत छलफल गर्नुभयो । उहाँले विपद्पीडितका लागि प्रदेश सरकारले बेहोर्ने ३० प्रतिशत रकम तत्काल व्यवस्था गरिने बताउनुभयो । विसं २०७७ देखि हालसम्म सम्झौता गरेका पीडितलाई स्थानीय तहले २० प्रतिशत, सङ्घ सरकारले ५० प्रतिशत र प्रदेश सरकारले ३० प्रतिशत बेहोर्ने व्यवस्था छ ।

मुख्यमन्त्री कँडेलले सम्झौता भइसकेका लाभग्राहीहरूको विवरण र प्रदेश सरकारले बेहोर्नुपर्ने रकम यथाशीघ्र माग गरेर पठाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिनुभयो ।

प्रदेश सरकारले चार वर्षदेखि आफ्नो दायित्वको रकम पीडितलाई उपलब्ध नगराएका कारण यसै आर्थिक वर्षमा दिने व्यवस्थाका लागि सम्झौता विवरण माग गरिएको जनाइएको छ । कर्णालीमा करिब ८०० जना पीडितलाई रु ११ करोड भुक्तानी गर्नुपर्ने प्रमुख स्वकीय सचिव गौतमले बताउनुभयो । रासस