१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्वास्थ्यका मापदण्ड उल्लंघन बढ्दो, सतर्क रहौं: विज्ञ



अ+ अ-

काठमाडौं । जनस्वास्थ्य मापदण्ड उल्लंघन हुँदा कोरोना भाइरस जोखिम थप बढ्ने भन्दै चिकित्सकले सतर्क रहन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९ महामारी र व्यवस्थित लकडाउन जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । सबैखाले जमघट र भेलामा कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने, घरबाहिर निस्क“दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने बुँदा मापदण्डको अनिवार्य सर्त मानिएको छ । त्यस्तै, अनावश्यक वस्तु तथा सतह नछुने, अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) अनावश्यक रूपमा नछुने, सार्वजनिकस्थलमा जथाभावी नथुक्नेलगायत बुँदा मापदण्डको आधारभूत सर्तमा समेटिएका छन् । तर, अधिकांशले जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दै आएका छन् । जसका कारण कोभिड–१९ संक्रमणको थप जोखिम बढ्ने जनस्वास्थ्यविज्ञ बताउँछन् ।

सार्वजनिक यातायातमा बस्दा एक पंक्तीको सिटमा एकजना क्रस गरेर बस्ने व्यवस्था मिलाउने, सम्भव भएसम्म पैसा कारोबार गर्दा विद्युतीय माध्यम अपनाउने, हात धुने साबुन र पानी पर्याप्त व्यवस्था गर्नुपर्ने विषय पनि मापदण्डमा उल्लेख छ । सेवाग्राहीको व्यक्तिगत विवरण खुल्नेगरी पूरै दैनिक अभिलेख राख्ने, सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुनपानी र स्यानिटाइजर व्यवस्था गर्नुपर्ने भनिएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय हुने उल्लेख छ ।

सरुवा रोग विशेष डा. शेरबहादुर पुनले जोखिमबाट बच्न नियमित हात धुने, भौतिक दुरी कायम गर्ने र हातले मुखनाक र आँखा छुन नहुने बताए । यसैगरी, नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय ५० जनामा संक्रमण देखिएस संगै संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुगेको काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ र ललितपुरमा १ जना संक्रमित भेटिएका हुन् । मंगलबारसम्म नेपालमा ४० कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म आरटीपीसीआर प्रविधिबाट ३ लाख २३ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ५ हजार ४ सय ७७ जना रहेको छ । उनीहरू अधिकांश लक्षणबिहीन छन् । संक्रमण सबै जिल्लामा देखिइसकेको छ । 

के छ मापदण्डमा ?
– जमघट र भेलामा कम्तीमा दुई मिटर दुरी कायम गर्ने
– सार्वजनिकस्थलमा जथाभावी नथुक्ने
– अनावश्यक वस्तु तथा सतह नछुने
– धेरै प्रयोग हुने वस्तु ९ढोका, मेसिनका ह्यान्डल०लगायत डिसइन्फेक्टेन्ट प्रयोग गर्ने
– सार्वजनिकस्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुनपानी र स्यानिटाइजर व्यवस्था गर्नुपर्ने
– सार्वजनिक यातायातमा बस्दा एक पंक्तीको सिटमा एकजना क्रस गरेर बस्ने व्यवस्था मिलाउने (राजधानी दैनिक)