१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

सबै गैरआवासीय नेपालीको साझा सोच, ‘नेपालको समृद्धि छिट्टै होस्’: नेता सिटौला

सबै गैरआवासीय नेपालीको साझा सोच, ‘नेपालको समृद्धि छिट्टै होस्’: नेता सिटौला
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गैरआवासीय नेपालीलाई नेपालसँग थप मजबुत सम्बन्ध विकास गर्न आवश्यक कानून निर्माणका लागि सुझाव माग गर्नुभएको छ ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले गैरआवसीय नेपालीसँग सुझाव माग गर्नुभएको हो । उहाँले गैरआवसीय नेपालीको सुझाव अनुसार नेपालसँग जोड्न सजिलो हुनेगरी कानून निर्माण गर्न सहयोग गर्ने बताउनु भयो । उहाँले नयाँ संविधान गैरआवासीय नेपालीको चिन्ता र चासो समेटिएको बताउनु भयो । थप सहजताका लागि सरकारले संसदमार्फत गैरआवासीय नेपालीको सम्बोधन गर्न आवश्यक काम गरिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘चाहे खाडी मुलुकमा गएर मजदुरी गर्ने मानिसहरु हुन् चाहे अष्ट्रेलियातिर गएर ठुलो व्यापार गर्नेहरु हुन् चाहे जापान, अमेरिका, युरोपतिर पुगेका साथीहरु हुन् एउटा कम सोच छ त्यो हो नेपाल राम्रो बनोस्, सफल बनोस्, नेपालले छिट्टै समृद्धि प्राप्त गर्न सफल होस् भन्ने सोच छ । त्यसका बाहिर जाने सबै साथीहरुलाई जोड्नु पर्छ भन्ने विचार संविधान निर्माण गर्ने बेलामा संविधान सभामा उठेको थियो । त्यसैले एनआरएनले त्यसबेला दिएको कन्सर्नलाई हामीले संविधानमा सम्बोधन गर्ने प्रयास ग¥यौँ । अहिले त्योसँग जोडिएका कानून ल्याएर पनि अझै राम्रोसँग जोड्ने प्रयास सरकारले संसदले गरिरहेको छ । यी समग्र विषयमा तपाईहरुले बुँदागत रुपमा सुझाव दिनुभयो भने हामी त्यसलाई अगाडि बढाउने प्रयास गर्नेछौँ ।’

नेता सिटौलाले नेपालबाट जनुसुकै देशमा पुगेका नेपाली भएपनि नेपालको समृद्धि होस् भन्ने सबैको साझा सोच रहेको बताउनु भयो । –न्यु