१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्णः सभामुख घिमिरे

लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउनु चुनौतिपूर्णः सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले मुलुकमा धेरै खालका समस्याहरू देखिएको र समस्या समाधानका लागि चुनौतीहरू पनि थपिएको बताउनु भयो । उहाँले चुनौतीहरूभित्र पछिल्लो समय विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू लेखापढीसँग पनि सम्बन्धित रहेको उल्लेख गर्नुभयो । उहाँले अझै पनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि नसक्ने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले विश्व एआईको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानूनी प्रवन्ध, व्यवहारिक उतार्ने र जनताका कामहरूलाई गाँसेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय मुख्य चुनौततिको रूपमा रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशमा धेरै खालका समस्याहरू छन् । समस्या समाधान गर्ने सन्दर्भमा केही चुनौतिहरू छन् । ती चुनौतिहरूभित्र पक्कै पनि अहिले विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू हाम्रो लेखापढीसँग पनि सम्बन्धित छन् । अझै पनि ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि सक्दैन । अहिलेका इलेक्ट्रोनिक डिभाइसका प्रयोगहरू अहिलेको एआईको अवस्थामा पुग्दाखेरी हामीले अब लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानुनी प्रबन्ध कसरी गर्ने, त्यसलाई व्यवहारिक रूपबाट कसरी लैजाने, त्यो सँग जनताका कामहरूलाई गाँसेर हाम्रो कामलाई प्रभावकारी कसरी बनाउने यो कुरा एउटा चुनौतिको रूपमा रहेको छ ।”

सभामुख घिमिरेले लेखापढीको ऐतिहासिकता आजको दिनले कायम गर्नुपर्नेमा जोड दिँदै विभिन्न चुनौतिहरूलाई सामना गर्न अधिवेशनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।