१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

श्रमिकको हक हितका लागि खबरदारी पुगेनः ट्रेड युनियन नेताहरु

श्रमिकको हक हितका लागि खबरदारी पुगेनः ट्रेड युनियन नेताहरु
अ अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरुले बताएका छन् ।

उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमीक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले कतिपय ठूला उद्योगी व्यवसायीहरुले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरु ‘एम्बुस’ बन्दै गएको आरोप लगाए । १ सय ३६ औं श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले श्रमिकको हकहितका लागि ट्रेड युनियनहरुको खबरदारी नपुगेको बताउनु भयो ।

उहाँले कतिपय ठूला उद्योगी व्यवसायीहरुले सतप्रतिशत आउटसोर्स श्रमिक काममा लगाउँदा कार्यस्थलहरु ‘एम्बुस’ बन्दै गएको आरोप लगाउनु भयो । सिम्खडाले श्रमिकहरुको बाँच्न पुग्ने तलवभत्ता नहुँदा श्रमिकहरु विदेशीन बाध्य भएको स्पष्ट पार्नुभयो । उहाँले श्रमिकको हक हितमा ऐन नियमहरु बनाइरहँदा श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोच्दासोच्दै श्रम सुरक्षाका नाममा अधिकारहरु साट्न बाध्य हुनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक सय ३६ वर्ष अघिबाट शुरु भएको आठ घण्टे कार्यदिन सबै ठाउँमा लागू भइरहेको छैन । नेपालको सन्दर्भमा भएका आन्दोलनबाट प्राप्त संविधानको जगमा टेकेर बनाइएका श्रम ऐन, सामाजिक सुरक्षा ल्याइसकेपछि श्रमिकको जीवनमा उज्यालो आउँछ भन्ने सोचेपनि श्रम ऐनको दफाहरुमा उल्लेख भएका दफाहरु पनि खोसिने जोखिम बढेको छ । संविधानको मौलिक हकमा उल्लेख भएका हकहरुपनि कुण्ठित हुँदै गएका छन् । बैंक वित्तिय क्षेत्रमा श्रम ऐन लागू हुँदैन तर त्यही ऐन होटल तथा रेष्टुरेण्टमा लागू हुँदा । रोजगारदाताहरु सामाजिक सुरक्षा कार्यान्वयन अगाडि नबढ्नेतर्फ गइरहेका छन् ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित श्रमिक क्षेत्र भएको बताउनु भयो । उहाँले श्रम बजार परिवर्तन भएको र शोषणका रुपहरुसमेत परिवर्तन भएको उल्लेख गर्दै नयाँ श्रमिकहरुमा मजदुर आन्दोलन सशक्त हुन नसकेको भ्रम रहेको बताउनु भयो । उहाँले श्रमिकका हकहितमा हाँसिल गरिएका उपलब्धिहरुलाई व्यवहारमा उतार्न नसकिएको स्वीकार गर्नुभयो । अध्यक्ष श्रेष्ठले केही समयअघि दुई सय ४० दिन काम गरेसँगै स्थायी हुनुपर्ने प्रावधान रहेको भएपनि हाल एक घण्टा काम गरेपनि स्थायी सरह सेवा सुविधा दिनुपर्छ भन्ने खालको कानून आइसकेको बताउनु भयो । सामाजिक सुरक्षाको व्यवस्था भइसकेको तर सबैतिर लागू नहुँदा समस्या जस्ताको तस्तै देखिएको बताउनु भयो । कार्यान्वयनमा अरुले बोलिदिए हुन्थ्यो कि भन्ने अवस्थाका कारण श्रमिक वर्गको उत्थानमा समस्या रहेको अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असरका कारण सबैभन्दा बढी भिक्टिम श्रमजीवि वर्ग नै छ । हिजोको भन्दा आज अवस्था परिवर्तन भएको छ । आफ्नो काम गर्ने कर्मथलो परिवर्तन भएको छ । कृषि क्षेत्रका मजदुर त्यत्तिकै प्रभावित छन् । किनभने पानी पर्ने समयमा घाम लाग्ने र घाम लाग्ने समयमा पानी लाग्ने अवस्थाले नेपालको कृषि क्षेत्रका मजदुर प्रभावित छन् । जलवायु परिवर्तनका कारण तापक्रम बढ्दो छ । श्रमजीवि वर्गले काम मात्र होइन आरामको पनि समस्या झेलिरहेका छन् । श्रम संसार अहिले द्रुत गतिमा परिवर्तन भइरहेको छ । श्रम बजारमा हुनुपर्ने काम नभइरहेको र नहुनुपर्ने काम भइरहेको छ । ट्रेड युनियनहरुले केही गरेनन् कि भन्ने जुन भ्रम छ ४५ वर्षपछिको अवस्थामा निकै उतार चडाव रहेको छ । तर, प्राप्त उपलब्धीलाई व्यवहारमा लागू गर्न नसकिरहेको परिस्थिति रहेको छ ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर अनौपचारिक क्षेत्रका श्रमिक, अझ त्यसमा पनि महिला श्रमिक बढी प्रभावित भएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनसँगै श्रमिक क्षेत्र प्रभावित भएको र त्यसमा पनि महिला श्रमिक अझ बढी प्रभावित भएको बताउँदै जलवायु परिवर्तनसँगै कामको संसारमा परिवर्तन आएको बताउनु भयो । जलवायु परिवर्तनले यातायात, पर्यटन, कृषि, निर्माणलगायत अधिकांश क्षेत्रमा असर परेको र श्रमजीवीले रोजगारी गुमाउनु परिरहेको र यसमा नेपाल सरकारले जुन रुपमा काम गर्नुपर्ने हो त्यो नगरेको अध्यक्ष कुँवरको भनाई थियो । उहाँले केही समयअघि आएका बाढी, पहिरो लगायतका कारण खोला किनारामा काम गर्ने श्रमिक महिला बढी मारमा परेको उल्लेख गर्दै परिवर्तित सन्दर्भमा श्रमिकहरुको क्षमता, दक्षता र सीपलाई परिमार्जित गर्ने गरि काम भइरहेको अध्यक्ष कुँवरले दाबी गर्नुभयो । उहाँले पछिल्लो समयमा श्रमिकको हकहितका लागि कुनै काम भएनन् भन्ने अवस्था नरहेको भन्दै श्रमका सन्दर्भमा नीतिगत संरचनाहरु बनेको दावी गर्नुभयो । तर कार्यान्वयनका सन्दर्भमा जुन रफ्तारमा काम हुनुपर्ने थियो त्यसमा सरकारको संयन्त्रहरुले राम्रोसँग काम नगरिदिँदा कार्यान्वयन हुन नसकेकोले गुनासो बढीरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी श्रम बजारमा नै छ । यसबाट कोही प्रभावित छन् भने श्रमजीवि वर्ग नै छ । त्यसमा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु र त्यसमा पनि महिला श्रमिक प्रभावित छन् । जलवायु परिवर्तनबाट उत्पन्न समस्यामा पुरुष श्रमिक भन्दा पनि महिला श्रमिक बढी प्रभावित भएका छन् । श्रमजीवीको समस्यामा सरकारले जनुरुपमा काम गर्नुपर्ने हो त्यो अझैपनि हुन सकेको छैन ।’

यसैगरी कार्यक्रममा जिफन्ट महिला विभाग अध्यक्ष सीता लामाले महिला श्रमिकको अवस्था धेरै पीडामा रहेको बताउनु भयो । उहाँले महिला श्रमिक पितृ सत्तात्मक सोच र चिन्तनले ग्रस्त समाजबाट पीडित रहेको बताउनु भयो । साथै उहाँले जलवायु परिवर्तनले सबैभन्दा बढी पारेको श्रमिक वर्गलाई र त्यसमा पनि महिला श्रमिक धेरै पीडित रहेको दाबी गर्नुभयो । उहाँले पेशा र कामको प्रकृति फरक—फरक भएपनि महिला श्रमिक कार्यथलोमा समेत शोषित भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी श्रमिक क्षेत्रमा परेको छ । अझ त्यसमा पनि महिला श्रमिकहरु अझ बढी प्रभावित भएका छन् । सुख्खा पन बढ्दो भएपछि घरपरिवारलाई सुव्यवस्थित रुपमा दैनिक चलाउने क्रममा पानीको जोहो गर्न लामो समय पानी व्यवस्थापनमा खर्चिनुपर्ने भएकोले काम गर्ने समय कटौति भएको छ । त्यसैले जलवायु परिवर्तनले महिला श्रमिक बढी प्रभावित भएका छन् ।’

कार्यक्रममा श्रमिक नेताहरुले दैनिक आठ घण्टा काम, आठ घण्टा आराम भनिएपनि नेपालमा भने व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका थिए ।