५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय कर्मचारीद्वारा सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार



अ+ अ-

काठमाडौँ । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघले सरकारसँग गरेको ९ बुँदे सहमति अस्वीकार गरेको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिप्रति असन्तुष्टि जनाएका हुन् ।

सङ्गठनले आन्दोलनको २९ औँ दिनपछि हिजो सरकार र महासङ्घबिच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमप्रति आपत्ति जनाएका हुन् । उक्त सहमतिप्रति पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना समेत गरेको छ ।