२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण
अ अ+ अ-

तनहुँ/ तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ ।

चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो ।

ऋषिङ-१ र व्यास नगरपालिका-५ का गरी एक सय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेपश्चात एक सय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी परिवारको रकम वितरणको प्रक्रियामा छ ।

भण्डारीले क्षति भएका घरको अनुगमन पश्चात अधिकतम रु तीन लाख र न्यूनतम रु दश हजार क्षतिपूर्ति बापत रकम तोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको रकम वितरण गरिएको छ । छ प्रतिशत परिवारले मात्रै रकम बुझ्न बाँकी छ ।”

संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, आयोजनाका इञ्जिनियरलगायत सदस्य हुनुहुन्छ ।

आयोजनाको चरण–१ अन्तर्गत बाँधलगायत संरचना निर्माण भइरहेको छ । यस चरणअन्तर्गतका संरचनाको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत प्रगति भएको प्रमुख भण्डारीले उल्लेख गर्नुभयो । यसअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण गर्न पूर्वतयारीका कार्य भइरहेका छन् ।

भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने, टावर क्रेन जडानलगायत कार्य सम्पन्न गरिएको छ । उहाँले भन्नुभयो, “बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिटिङ र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।” रासस