५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



अ+ अ-

काठमाडौँ। बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैबीच काठमाडौँ महानगरपालिका–४ गैह्रीधारास्थित नाङ्लो क्याफे हाउसबाट अवैध लागुऔषध गाँजा करिब एक सय ग्राम र ‘पोल्याण्ड’ करिब एक सय ग्रामसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कामपा–५ हाँडीगाउँ बस्ने ४१ वर्षीय नरेश कायस्थ, ४४ वर्षीय सदाशिव महर्जन, सोही महानगरपालिका–४ बालुवाटार बस्ने ३३ वर्षीय सुनिल तामाङ, ४० वर्षीय सबिस लामा र सोही महानगरपालिका–१ नक्साल बस्ने ४७ वर्षीय राजेन्द्र खड्गी रहेका छन् । रासस