१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोज्योः एमाले

प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोज्योः एमाले
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरुले शिक्षक आन्दोलनलाई राजनीतिक प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दलले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोजेको उहाँको आरोप छ । उहाँले प्रतिपक्षी दलहरुले आन्दोलनलाई पवित्र पेशागत हितभन्दा बाहिर लगेर राजनीतिक स्वार्थ पूर्तिको औजार बनाउने प्रयास गरिरहेको आरोप लगाउनु भयो । सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न तयार रहेको र शिक्षण गतिविधि नियमित बनाउन सकारात्मक प्रयास भइरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुसँग बन्दै गएको वार्ताको वातावरण वा निष्कर्षउन्मुख भएको अहिलेको विषयवस्तुलाई फेरि पनि संसदभित्र ल्याएर राजनीति गर्न खोज्ने जुन प्रयत्न उहाँहरु गर्न खोज्दै हुनुहुन्छ त्यसप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौं । आज मात्र होइन हिजो पनि उहाँहरुले सडक नछोड्न अभिव्यक्ति दिनुभयो । शिक्षक साथिहरुलाई उत्तेजित र उत्प्रेरित गर्नुभयो । पवित्र पेशागत हितको लागि आयोजना गरिएको शिक्षक महासंघको आन्दोलनलाई प्रमुख प्रतिपक्षीले राजनीतिक रङ दिनको लागि कयौं पटक मेहेनत ग¥यो । गएर नाचगान गर्न थाल्ने, भड्काउने र अहिले संसदमा पनि यही विषय ल्याएर उहाँहरुले अप्ठ्यारो पार्ने र वार्ता निष्कर्षमा नपुगोस् भन्नको लागि उहाँहरुले अभिव्यक्ति दिनुभएको छ । सरकारले राज्यले धान्ने जायज मागहरु पूरा गर्ने वातावरण बनाइ शिक्षकहरुलाई नियमित पठनपाठनमा फर्किने वातावरण बनाउँदैछ ।’

सरकार शिक्षकका जायज मागहरु पूरा गर्न गम्भिर रहेको उल्लेख गर्दै उहाँले वार्ता प्रक्रियामा व्यवधान नपु¥याउन समेत विपक्षी दलहरुलाई आग्रह गर्नुभयो । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचिमा नराखिएको भन्दै प्रतिपक्षी दलहरुले आपत्ति जनाएका थिए ।