६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । थाइल्याण्डको फेत्चाबुरी प्रान्तको रिसोर्ट शहर हुआ हिनको किनारमा शुक्रवार एउटा सुरक्षा प्रहरी विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ ।

थाइल्याण्डको राष्ट्रिय प्रहरीले आफ्नो सामाजिक सञ्जाल पृष्ठमा प्रहरी उड्डयन विभागको विमान उडान भरेको केही समयपछि समुन्द्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै छ जनाको मृत्यु भएको बताएको छ ।

प्रहरीले प्यारासुट प्रशिक्षणको लागि परीक्षण उडान गरिरहेको बेला विमान दुर्घटना भएको बताएको छ । दुर्घटनाको कारण अनुसन्धान गरिनेछ ।