२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा



Ncell Nepal Super League 2025: Qualifier 2 match between Pokhara Thunders FC and Dhangadi FC at Dasharath Stadium in Kathmandu on Wednesday 23.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production
अ+ अ-

काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा धनगढी एफसीलाई १-० गोलले हराउँदै पोखराले फाइनलमा स्थान बनाएको हो । पोखराको जितमा एकमात्र निर्णायक गोल स्टेफन समीर विलोङले गरे ।

खेलको १४ औं मिनेटमा धनगढीले अग्रता लिने अवसर गुमायो । आफिज ओलावालेले डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्न सकेनन् । उनले बलसँगको सन्तुलन गुमाए ।

पहिलो हाफको इन्जुरी समयमा दिपेश राइको सशक्त प्रहारलाई पोखराका गोलकिपर गुइलामे प्रीसोले विफल पारे ।

खेल सकिनै लाग्दा पोखराका विलोङले गोल गर्दै पोखरालाई फाइनलमा पुर्याए । इन्जुरी समयमा उनले गोल गरेका हुन् ।

आजको खेलमा ब्राजिलका लेजेन्ड फुटबलर रोबर्टो कार्लोसको समेत उपस्थिति थियो ।

अब पोखराले उपाधिका लागि ललितपुर सिटि एफसीसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।