२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आसन्न संसद् अधिवेशनको प्रारम्भमा शिक्षा ऐन पारित गरेर आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्काउने वातावरण बनाउन माग गर्नुभयो ।

माओवादीले लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्तमान सरकारको ध्यान सुशासन, भ्रष्टाचार नियन्त्रण र जनभावना सम्बोधन गर्नेतर्फ लक्षित गर्न माओवादीले सरकारसँग आग्रह गरेको छ ।