६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दु:ख व्यक्त गर्नुभएको छ । मन्त्री डा राणाले सो क्रुर हमलाबाट आफू अत्यन्त दु:खी र मर्माहत भएको बताउनुभएको छ ।

मन्त्री डा राणाले सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गर्दै यो कठिन समयमा पीडित र उनीहरुका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले यस दु:खको घडीमा भारत सरकार र भारतीय जनतासँग नेपाल दृढ एकताका साथ उभिएको पनि बताउनुभयो ।

यस दर्दनाक घटनामा नेपाली समेत परेको भन्ने बारेमा समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त भएपछि जानकारी गराइने पनि मन्त्री डा राणाले बताउनुभएको छ ।