५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन्



अ+ अ-

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य अवस्था कमजोर भएको कारण देखाउँदै पदबाट राजीनामा दिएकी छिन्। राजीनामापछि उनले भैंसेपाटीस्थित मन्त्री निवाससमेत छाडेकी छन्।

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएर उनी सिधै चाबहिलस्थित आफ्नो निजी निवास फर्किएकी थिइन्। स्रोतका अनुसार उनी बालुवाटारसम्म सहयोगीको निजी सवारी साधनमार्फत पुगेकी थिइन्। मन्त्री भट्टराईले सरकारी गाडी तथा अन्य सामग्रीहरू पनि मन्त्री निवासमै छाडेर गएकी छन्।

स्वास्थ्यको अवस्था ठीक नभएको भन्दै उनले राजीनामा दिए पनि राजनीतिक वृत्तमा उनको राजीनामालाई सत्ता गठबन्धनभित्रको चलखेलसँग पनि जोडेर हेरिएको छ। तर भट्टराई पक्षले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

गत वर्ष असार ३१ गते प्रधानमन्त्री ओलीको सिफारिसमा उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। करिब ८ महिनाको कार्यकालमै उनले पदबाट राजीनामा दिएकी हुन्।

उनको कार्यकालमा विभिन्न नीतिगत पहलहरू गरिएको भए पनि केही विवादास्पद निर्णय र नेतृत्वको भूमिकालाई लिएर आलोचना पनि भएको थियो। भट्टराईको राजीनालगत्तै नयाँ मन्त्रीको टुंगो कसलाई दिइने भन्ने विषयमा सत्ता गठबन्धनभित्र छलफल सुरु भइसकेको स्रोतले बताएको छ।




भर्खरै