२९ मंसिर २०८२, सोमबार
,
Latest
उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम्दा अस्पतालमा डाइलासिस सेवा



अ+ अ-

झापा। आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डाइलेसिस सेवा सञ्चालन गरिने भएको छ ।

अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको सहकार्यमा २० शय्यासहित डाइलेसिस सेवा विस्तार गर्न लागिएको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौता गरिएको आम्दा अस्पतालका प्रशासक सुमन नेपालले जानकारी दिनुभयो ।

सम्झौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षार गर्नुभएको छ । सम्झौताअनुसार आगामी दुई महिनामा डायलेसिस सेवा सुरु गरिनेछ ।

आम्दामा डाइलेसिससेवा नहुँदा यस क्षेत्रका सेवाग्राही दमक बाहिर सेवा लिन जान बाध्य थिए । दमकको आम्दा अस्पतालमा डायलेसिस सेवा सञ्चालनमा आएपछि पूर्वी मोरङ, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरु लाभान्वित हुने अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा नविन ढकालले बताउनुभयो । ओमसाई पाथीभरा अस्पतालले लामो समयदेखि डायलेसिस सेवा उपलव्ध गराउँदै आएको छ ।

त्यस अवसरमा आम्दा अस्पतालका पूर्व मेसु डा प्रकाश शर्मा, डा नविन ढकाल, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागार्इंलगायतको उपस्थिति थियो । रासस