२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
अ अ+ अ-

काठमाडौँ। नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न थालिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ मा रहेको जनकधाममा उत्पादित दूध, दही, घ्यू, गहुँत, गोबरसहितका पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु बनाउन थालिएको हो ।

त्यहाँ उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउने उद्देश्यसहित मुख्य बिक्री केन्द्र जनकधाम र काठमाडौँको बुद्धनगरबाट बिक्रीवितरणसमेत गर्न थालिएको छ । सञ्चालक कौशलेन्द्र झाले दुईवटा बिक्री केन्द्र र आवश्यकताअनुसार अन्य क्षेत्रमा यहाँका उत्पादन उपलब्ध गराउन थालिएको बताउनुभयो ।

हाल घ्यूबाट वैदिक, तुलसी, अर्जुन, ब्राह्मी, शङ्खपुष्पी घृत गरी १२ वटा, मोहीबाट तक्र सुधा, तक्र आसव, पेस्टिसाइड्स गरी सात, गौमुत्रबाट मललगायत विभिन्न २० वटा उत्पादनसहित ६० भन्दा बढी होमकेयर, पर्सनल केयर, लाइफ केयर, फुडजन्य वस्तु बिक्रीमा ल्याइएको उहाँले बताउनुभयो । “जनकधाममा उत्पादित यस्ता सामग्रीको पटकपटक आफैँले प्रयोग र परीक्षण ग¥यौँ । औषधि नै त भन्दैनौँ तर पञ्चगव्य र हर्बलको समिश्रणबाट औषधिजन्य सामग्री, जैविक उत्पादनका लागि मल, कल्चरल लिकुइड फर्टिलाइजर, किटनाशक जस्ता उत्पादन गरेका छौँ”, झाले भन्नुभयो ।

पाँच महिनादेखि काठमाडौँमा बिक्री केन्द्र राखिएकामा हालसम्म करिब एक हजार जनाले यसको प्रयोग गरी लाभ प्राप्त गरेको कम्पनीका अर्का सञ्चालक राघबेन्द्रकुमार झाले जानकारी दिनुभयो । देशभित्रका उपभोक्ता र विभिन्न माध्यमबाट नेपालबाहेक विभिन्न देशमा यी उत्पादनको बजार विस्तार भइरहेको उहाँले बताउनुभयो ।

सञ्चालक कौशलेन्द्र झाले वैदिक सनातन मान्यताअनुसार नेपाली रैथाने गाईमा आधारित पञ्चगव्यमार्फत आममानिकलाई प्राकृतिक जीवन बाँच्न सहयोग गर्ने उद्देश्यले आफूहरू लामो अध्ययनपछि यस कार्यमा लागेको बताउनुभयो । “हाम्रो ध्येय प्राकृतिक जीवन बाँच्नका लागि अभिप्रेरित गर्ने हो, किनकि प्राकृतिक जीवन बाँच्नलाई प्राकृतिक माटो, हावा, पानी र त्यसैको प्रयोगबाट उत्पादित प्राकृतिक भोजन, औषधि, जडिबुटी हुनुपर्छ ।

हाम्रो वैदिक सनातन मान्यता, आयुर्वेद र आधुनिक विज्ञानले पनि यसको आधार वर्णशङ्कर नगरिएको देशी गाई हुने कुरा प्रमाणित गरिसकेको छ”, उहाँले भन्नुभयो, “त्यसै आधारमा देशी गाई र पञ्चगव्यलाई स्रोत बनाएर अगाडि बढेमा प्राकृतिक जीवन बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न हामीले त्यसमा आधारित उत्पादन र प्रयोग अभियान सञ्चालन गरेका छौँ ।”

सनातन कालदेखि आधुनिक चिकित्सा विज्ञानको युगमा विभिन्न अध्ययनहरूले पञ्चगव्यमा एन्टिक्यान्सर र एन्टिब्याक्टेरियल गुण भएकाले बायोपेस्टिसाइज, किटनाशक, प्रोटिन, क्याल्सियम, भिटामिन, खनिज, अमिनो एसिडलगायत तत्व र रेडियो विकिरणबाट रक्षा गर्ने गुण हुने देखाएका छन् ।

रैथाने प्राकृतिक शुद्ध नश्लका गाईमा आधारित पञ्चगव्यबाट बनेका वस्तुहरू लाभदाय हुने भनेर प्रमाणित भइसकेकाले त्यसैको महत्वबारे बुझाउन पनि ‘रैथाने गाईपालन तथा पञ्चगव्य उत्पादन’ विस्तारमा लागेको झाको भनाइ छ । “रैथाने देशी गाई प्राकृतिक जीवनका लागि महत्वपूर्ण त छँदैछन्, तिनमा आधारित पञ्चगव्यको प्रयोग आधुनिक अप्राकृतिक जीवनशैलीबाट उत्पन्न थरिथरिका रोग निदानमा पनि लाभदायक छन् भनेर देखाउनु हाम्रो उद्देश्य हो ।

हाल त्यसैको ‘डेमो’ देखाइरहेका छौँ । यसबाट असाध्य दीर्घरोगमा पनि राहत मिलेको भनेर आइरहेका प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो । रासस