एजेन्सी । मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान रोहित शर्मा आईपीएल २०२५ मा फेरि फर्ममा आएका छन् । चेन्नई सुपर किंग्सविरुद्ध खेलिएको खेलमा उनी आफ्नो पुरानो फर्ममा थिए र आफ्नो तुफानी पारीमा उनले ६ छक्का प्रहार गरे, जुन एक इनिङमा उनको संयुक्त रूपमा उच्चतम हो ।
हालसम्म आईपीएलको यस सिजनमा रोहितले ब्याटिङबाट निराशाजनक प्रदर्शन गरिरहेका छन् । उनले ६ इनिङमा केवल ८२ रन मात्र बनाउन सकेका थिए । तर वानखेडे मैदानमा उनले ७६ रनको इनिङ पनि खेले र टोलीलाई खेल जिताउनुका साथै धेरै रेकर्ड पनि बनाए ।
खेलपछि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो । यस अवधिमा उनले आरसीबीका पूर्व कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् ।
मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्मालाई चेन्नई विरुद्धको ९ विकेटको जितपछि प्लेयर अफ द म्याच प्रदान गरिएको थियो । यो उनको आईपीएल करियरमा २० औं पटक थियो जब ‘हिटम्यान’ले यो पुरस्कार जिते । यस क्रममा रोहितले आरसीबीका पूर्व कप्तान विराट कोहलीको रेकर्ड तोडेका छन् ।
रोहित आईपीएलको इतिहासमा सबैभन्दा धेरै पटक प्लेयर अफ द म्याच अवार्ड जित्ने पहिलो भारतीय खेलाडी हुन् । उनले आईपीएलमा १९ पटक प्लेयर अफ द म्याच अवार्ड जितेका विराट कोहलीलाई उछिने ।
आईपीएलमा सबैभन्दा धेरै पटक प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीहरूः
एबी डिभिलियर्स – २५ पटक
क्रिस गेल–२२ पटक
रोहित शर्मा – २० पटक
विराट कोहली – १९ पटक
डेभिड वार्नर – १८ पटक
एमएस धोनी ( १८ पटक










