२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्चेगौडा सडक चार दिनमा खुला गरिने



अ+ अ-

हुम्ला। कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने भएको छ ।

गत चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्ड यही वैशाख १० देखि १३ गतेसम्म खुला गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलले चार दिनका लागि काम रोकेर सवारीसाधन आवतजावत गरिने उहाँले बताउनुभयो ।

सेनाले निर्माण गरिरहेको बोक्चेगौडा, भिइगौडा र याङ्गचुभीर खण्डमा निर्माण कार्य स्थगित गरेर सवारीसाधनलगायत यात्रुलाई आवतजावत गर्न दिइने छ । विकास निर्माणका काममा सहजताका लागि सडक निर्माणको काम रोखेर सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चैत २५ गतेदेखि सडक स्तरोन्नति सुरु भएसँगै यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । यहाँ आगामी असार मसान्तसम्म आठ सय मिटर सडक स्तरोन्नति गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको छ । रासस